पर्यटन मन्त्रीले भनेः आजको निर्णय कुनै दल लक्षित होइन

<p>संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले आजको अध्यादेश ल्याउने निर्णय कुनै नेकपा र कुनै दल लक्षित नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो कूरा बताएका हुन् । उनले भनेका छन्, ‘कमरेडहरु, संयमित बनौ, धैर्य गरौ, जनमत, जिम्मेवारी र परिस्थितीले हाम्रो एकतालाई अझ सिमेन्टेड गर्नु पर्नेछ, उचाल्ने, पछार्ने काममा नलागांै, [&hellip;]</p>

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले आजको अध्यादेश ल्याउने निर्णय कुनै नेकपा र कुनै दल लक्षित नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो कूरा बताएका हुन् ।

उनले भनेका छन्, ‘कमरेडहरु, संयमित बनौ, धैर्य गरौ, जनमत, जिम्मेवारी र परिस्थितीले हाम्रो एकतालाई अझ सिमेन्टेड गर्नु पर्नेछ, उचाल्ने, पछार्ने काममा नलागांै, उत्तेजित नबनौं, आजको निर्णय नेकपा र अन्य कुनै दल लक्षित होईन ।’

साथै उनले नेताहरुको परिपक्वता र कार्यकर्ताहरुको सचेतनताले नेकपा अझै बलियो बन्ने बताएका छन् । ‘सरकार सफल हुनेछ, पार्टी सफल हुनेछ, राष्ट्र, जनता र पार्टीको भबिस्य सुनौलो हुनेछ, उनले भनेका छन् ।’

https://www.facebook.com/yogeshbhattarai.ncp/

Share News