
काठमाडौं । नेकपा सांसद तथा नेतृ रामकुमारी झांक्रीले पार्टी विभाजन गर्ने दुश्वप्न देखेर अध्यादेश ल्याउनु अपराध भएको बताएकी छन् ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी गर्ने निर्णयपछि झांक्रीको सो प्रतिक्रिया आएको हो ।
उनले भनेकी छन् , ‘ कमरेड ! कानुनले पार्टी फुट्न र रोक्न दुबै सक्छ । जसको पार्टी बिभाजन गर्ने दुश्वप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो । किनकी आज हामीलाई राजनीतिक एकता चाहिएको छ , बिभाजन होइन ।
उनले प्रह्न गरेकी छन् , ‘ पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउछ रे हो ? किन कुबुद्धी आएको ? ‘