काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साे अध्यादेश जारी गर्ने निर्णय गरेकाे हाे ।
साे अध्यादेश अनुसार अब कुनै पनि पार्टीले पार्टी विभाजन गर्न चाहे संसदीय दलमा वा केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउनुपर्ने छ । तर, अहिले भने केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत पुर्याउनै पर्ने प्रावधान छ ।
यसको अर्थ केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुर्याए नयाँ दल दर्ता गर्न बाटो खुला हुनेछ ।