भारतीय रिजर्ब बैंकले ल्यायाे ५० हजार करोडकाे आर्थिक प्याकेज, राष्ट्र बैंककाे तयारी के छ ?

<p>काठमाडौं । कोरोनाको कारणले भारतीय अर्थतन्त्रको सुस्तता हटाउन भारतकाे केन्द्रिय बैंक अर्थात रिजर्ब बैंकले एक ठूलो आर्थिक प्याकेजकाे घोषणा गरेकाे छ । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले आज अर्थात शुक्रबार बिहान ५० हजार कराेड भारतीय रूपैयाँकाे आर्थिक प्याकेज घोषणा गरेका हुन् । ‘५० हजार करोड (८० हजार करोड नेपाली) रुपैयाँ बजारमा लगानी गरिने छ, [&hellip;]</p>

काठमाडौं । कोरोनाको कारणले भारतीय अर्थतन्त्रको सुस्तता हटाउन भारतकाे केन्द्रिय बैंक अर्थात रिजर्ब बैंकले एक ठूलो आर्थिक प्याकेजकाे घोषणा गरेकाे छ । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले आज अर्थात शुक्रबार बिहान ५० हजार कराेड भारतीय रूपैयाँकाे आर्थिक प्याकेज घोषणा गरेका हुन् ।

‘५० हजार करोड (८० हजार करोड नेपाली) रुपैयाँ बजारमा लगानी गरिने छ, यसमा कृषि र ग्रामीण विकासका लागि २५ हजार करोड, साना उद्योग विकास बैंकलाई १५ हजार करोड र राष्ट्रिय आवास बैंकलाई १० हजार करोड रुपैयाँ विनियोजन गरिएको छ, उनले भने ।

‘कोरोनाका कारण विश्व ठूलो आर्थिक मन्दीको दिशामा बढिरहेको छ तर भारतको अवस्था त्यति खराब छैन,कोरोनाका कारण ९.९ट्रिलियन डलरको घाटा हुने अपेक्षा गरिएको छ, जुन जापान र जर्मनीको संयुक्त जीडीपी भन्दा बढी छ,उनले भने ।

उनले भारतको अवस्था मार्चदेखि नै खराब भएको बताए । तर पनि भारतीय अर्थतन्त्र बृद्धि भइरहेको उनकाे भनाइ छ । उनले बजारमा नगदको कुनै कमी नहुने पनि बताएका छन् । परस्थितीलाई बुझ्दै रिजर्ब बैंकले अझै प्याकेजको घोषणा गर्न सक्ने उनकाे भनाइ छ ।

नेपाल राष्ट्र बैंकले पनि एक महिना अगाडि केही आर्थिक प्याकेज घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अहिले  त्यस्तो कुनै प्याकेज ल्याउने तयारी नभएको बताए । तर, आवश्यकता पर्यो भने पनि त्यसको अध्धयन गरेर प्याकेज ल्याउन सकिने उनकाे भनाइ छ।

Share News