गलत हल्लापछि सनराइज बैंकका सीईओकाे स्वास्थ्य जाँच, काेराेना संक्रमण नभएकाे पुष्टि

<p>&nbsp; काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलेलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सीईओ शर्मालाई कोरोना संक्रमण भएको भन्दै केही सञ्चार माध्यममा समाचार आएको थियो । गलत समाचारले उनकाे दैनिकी प्रभावित भएपछि गत बुधबार बीर अस्पताल गएर उनले कोरोना भाइरस चेकजाँच गराएका थिए । स्वास्थ्य परिक्षण रिपोर्टमा कोरोना संक्रमण नभएको [&hellip;]</p>

 

काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलेलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सीईओ शर्मालाई कोरोना संक्रमण भएको भन्दै केही सञ्चार माध्यममा समाचार आएको थियो ।

गलत समाचारले उनकाे दैनिकी प्रभावित भएपछि गत बुधबार बीर अस्पताल गएर उनले कोरोना भाइरस चेकजाँच गराएका थिए । स्वास्थ्य परिक्षण रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

गलत समाचारहरु आएपछि प्रमुख कार्यकारी अधिकृत शर्मा विदामा बसेको, उहाँको स्वास्थ्य जाँच हुँदा कोराना भाईरस संक्रमण नभएको पुष्टि भएको सनराईज बैंकमा म्यानेजर रविन्द्र ढकालले जानकारी दिए ।

कोरोना महामारी फैलिएपछि बैंकले संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत अस्पताल र स्थानीय सरकारलाई स्वास्थ्य सम्बन्धि उपकरणहरु वितरण गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा पीपीइ, मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री वितरण गरेकाे छ । स्वस्थ्य सामाग्री  वितरण  गर्ने केही कार्यक्रममा पौड्याल आफै सहभागि भएका थिए । साथै, लकडाउनको बेलामा अत्यावश्यक सेवा अन्तरगत बैकिङ सेवा सुचारु गर्नु पर्ने भएकोले बैंकमा नियमित जाने गरेका थिए ।

लकडाउनको बेलामा पनि बैंक चलाउन र परोपकारी कार्यमा संक्रिय भईरहेको अवस्थामा कोरोना संक्रमण भएको भन्दै गलत सन्देश वाहिर आएपछि उहाँले स्वास्थ्य जाँच गराउनु भएको र उहाँ स्वस्थ्य रहनु भएको प्रमाणित भएको ढकालले जानकारी दिए ।

Share News