
काठमाडौं । माछापुच्छ्रे बैंकले आज(बिहीबार) देशभरका ४० वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो ।
बैंकको प्रदेश १ को १० वटा, प्रदेश २ को ४ वटा, प्रदेश ३ को ११ वटा, प्रदेश ४ को ४ वटा, प्रदेश ५ काे ७ वटा, प्रदेश ६ काे १ र प्रदेश ७ को ३ वटा शाखा खुल्ने बैंकले एक सूचना मार्फत जानकारी गराएकाे छ ।
यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।
