
काठमाडौं । सरकारले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण समेत बढिरहेको र जोखिम न्युनिकरणको लागि सरकारले हाल जारी रहेको लकडाउनको अवधि लम्ब्याएर वैशाख १५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । साेही अनुसार ज्याेति विकास बैंकले पनि वैशाख ३ गतेदेखि वैशाख १५ गतेसम्म विभिन्न शाखा कार्यालयबाट सेवा सुविधा दिने बुधबार नयाँ सूचना मार्फत जानकारी गराएकाे छ ।
लकडाउनकाे परिस्थिति सृजना भएकाे शुरूवातदेखि विभिन्न शाखाबाट सेवा दिँदै आएको यस विकास बैंकले पनि कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्य संवेदनशिलतालाई मनन गर्दै सो अवधिभर बैंकका विभिन्न शाखा कार्यालयहरु दिनको दुई घण्टा सञ्चालनमा ल्याउने जानकारी गराएको छ ।
बैंकले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौं उपत्यका सहित बाहिरका समेत गरी निम्न शाखाबाट सेवा प्रदान गर्ने छ । यस अवधिमा बैंकले निक्षेप संकलन तथा भुक्तानी र रेमिट्यान्टसँग सम्बन्धित सेवाहरु प्रदान गर्ने छ ।
यसका साथै, सेवा लिने क्रममा केहि गुनासा तथा केही जानकारी लिनुपरेमा विकास बैंकका कर्मचारीहरुलाई निम्म नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था विकास बैंकले गराएकाे छ ।
