राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले गरे पदबहाली

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा पुनः नियुक्त भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले बैंकको आ.व. २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् । बैंक सञ्चालक समितिले उनलाई चैत २९ गतेदेखि लागू हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त गरेको थियो । बैंकले ७७ जिल्लामा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा पुनः नियुक्त भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले बैंकको आ.व. २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् ।

बैंक सञ्चालक समितिले उनलाई चैत २९ गतेदेखि लागू हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त गरेको थियो ।

बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News