बुधबार नबिल बैंकको ४२ वटा शाखा खुल्ने, कुन प्रदेशको कति वटा ?

<p>काठमाडौं । बुधबार(आज) नबिल बैंकको देशभरका ४२ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । जसमध्ये गण्डकी प्रदेशको सबैभन्दा बढी अर्थात ९ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, सुदुरपश्चिम प्रदेशको ७ वटा शाखा खुल्ने छन् । त्यसैगरी, प्रदेश १ को [&hellip;]</p>

काठमाडौं । बुधबार(आज) नबिल बैंकको देशभरका ४२ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

जसमध्ये गण्डकी प्रदेशको सबैभन्दा बढी अर्थात ९ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, सुदुरपश्चिम प्रदेशको ७ वटा शाखा खुल्ने छन् ।

त्यसैगरी, प्रदेश १ को ६ वटा, प्रदेश २ काे ५ वटा, बागमती प्रदेशकाे ४ वटा, प्रदेश ५ काे ७ वटा शाखा कार्यालय खुल्ने बैंकले जानकारी दिएको छ । कर्णाली प्रदेशकाे ४ वटा शाखा खुल्नेछन् जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएकाे छ ।

यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट बैंकिङ सेवा लिन सक्ने छन् ।

Share News