
काठमाडाैं । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । शुक्रबार एक कार्यक्रममा ‘प्रदेश नं ५ उद्योग परिसंघ’का संयोजक एजाज आलमले पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राहत सामाग्री उपलब्ध गराएका छन् ।
त्यस्तै आजै परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष शुलभ अग्रवालले ललीतपुर महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष नारायण अवालेलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् ।
दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।