
काठमाडौं । बिहीबार(आज) नबिल बैंकको देशभरका ४१ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।
जसमध्ये सुदुरपश्चिमको प्रदेशको सबैभन्दा बढी अर्थात ८ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ६ वटा जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएकाे छ ।
त्यसैगरी, प्रदेश १ को ७ वटा, प्रदेश २ काे ६ वटा, बागमति प्रदेशकाे ४ वटा, गण्डकी प्रदेशकाे ६ वटा, प्रदेश ५ काे ४ वटा शाखा कार्यालय खुल्ने बैंकले जानकारी दिएको छ ।
यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट बैंकिङ सेवा लिन सक्ने छन् ।
