राष्ट्र बैंकका कर्मचारीले कोरोनाविरुद्धको कोषमा एक करोड पाँच लाख सहयाेग गर्ने

<p>काठमाडाैं  काठमाडाैं : नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि खडा गरेको कोषमा एक करोड पाँच लाख रुपैयाँ सहयाेग गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको ऐन अनुसार कर्मचारीहरुले उक्त सहयोग गर्ने निर्णय गरेको बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनले उक्त सहयोग रकम सरकारको कोषमा जम्मा हुने बताए । उनले प्रत्येक कर्मचारीकाे [&hellip;]</p>

काठमाडाैं  काठमाडाैं : नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि खडा गरेको कोषमा एक करोड पाँच लाख रुपैयाँ सहयाेग गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको ऐन अनुसार कर्मचारीहरुले उक्त सहयोग गर्ने निर्णय गरेको बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

उनले उक्त सहयोग रकम सरकारको कोषमा जम्मा हुने बताए । उनले प्रत्येक कर्मचारीकाे तलबबाट पैसा काटिने बताए ।  अहिले सो रकम कोषमा जम्मा भएको छैन। एक दुई दिनमा जम्मा हुने उनले बताए ।

राष्ट्र बैंकले कुनै चन्दा, अनुदान लगायतका कार्य गर्न नमिल्ने तर कर्मचारीहरुले आफ्नो तर्फबाट सहयोग गर्न सक्ने उनले बताए। अहिले नेपालमा याे भाइरसकाे जाेखिम कम गर्नका लागि विभिन्न संघ संस्थाहरूले सरकारले स्थापना गरेकाे साे काेषमा सहयाेग गरिरहेका छन् ।

अहिलेसम्म नेपालमा ५ जनामा काेराेना देखिएकाे छ । एक जना भने निकाे भएर घर फर्किसकेका छन् ।

 

 

Share News