सनराइज बैंकले नेपाल पुलिस हस्पिटललाई दियो ६५ थान पीपीई

<p>काठमाडाैं । सनराइज बैंकले नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ६५ थान सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्ने उद्देश्यले उक्त उपकरण वितरण गरेको हो । नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक [&hellip;]</p>


काठमाडाैं । सनराइज बैंकले नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ६५ थान सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्ने उद्देश्यले उक्त उपकरण वितरण गरेको हो ।

नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आ.जि.पि ठाकुर प्रसाद ज्ञावालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गरेका छन् । बैंकले आगामी दिनमा पनि देशका विभिन्न समाजिक कार्यमा हातेमालो गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिए ।

Share News