
काठमाडौं । लकडाउनको समयमा नेपाल बैंकले एटीएम नभएका स्थानीय निकायमा अवस्थीत शाखाहरु सञ्चालनमा ल्याउने भएको छ । बैंकले उक्त स्थानका शाखाहरु सम्बन्धीत स्थानीय निकायसँग समन्वय गरी दैनिक बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म संचालन गर्ने बैंकले जनाएको छ ।
सरकारी कारोबार गर्ने शाखाहरु कोलेनिका र सम्बन्धीत स्थानीय निकायसँग समन्वय गरी सञ्चालनमा रहने बैंकले जनाएको छ ।
साथै, नेपाल सरकारद्धारा तोकिएको अत्यावश्यक सामाग्रीहरु खरिद गर्न एलसी र चेक क्लियरिङ्ग सुविधा संचालनमा रहने बैंकले जनाएको छ ।
बैंकका अनुसार एउटा स्थानीय निकायमा एउटा मात्रै शाखा संचालनमा रहने र एटीएम संचालन गरेका शाखाहरुमा सबै एटीएम संचालन हुने छ ।
त्यस्तै, एउटा स्थानीय निकायमा एउटै मात्र एटीएम रहेको तर शाखाहरु बढी रहेको भएतापनि उक्त स्थानीय निकायमा अवस्थीत सबै शाखाहरु बन्द रहने बैंकले बताएको छ ।