कोरोना भाइरसकाे संक्रमणबारे झुटो अडियाे प्रचार गर्ने युवक पक्राउ

<p>काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा युवक पक्राउ परेका छन् । रामेछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षिय विवेक थापा मगरलाइ उक्त अभियोगमा प्रहरीले पक्राउ गरेको हो । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइरहेको र अस्पताल र सरकारले मिलेर सो कुरा बाहिर नभनेकाे भन्दै सामाजिक [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा युवक पक्राउ परेका छन् । रामेछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षिय विवेक थापा मगरलाइ उक्त अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइरहेको र अस्पताल र सरकारले मिलेर सो कुरा बाहिर नभनेकाे भन्दै सामाजिक संजालमा एउटा अडियाे सन्देश पोष्ट गरेका थिए ।

अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ। नर्भिक अस्पतालमा काम गर्ने घर नजिकै बस्ने स्टाफले भनेको भनिएको छ।  तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ ।

यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई पक्राउ गरी कारबाही गरिने नेपाल प्रहरी साइबर ब्यूरो शाखा भक्तपुरले जानकारी दिएको छ ।

सम्बन्धित समाचार 

नर्भिक अस्पतालमा काेराेना संक्रमित बिरामीकाे मृत्यु भएकाे भन्ने अडियाे भ्रामक

Share News