राष्ट्र बैंकले सामाजिक सञ्जाल कार्यविधि बनाउँदै, अब युट्युवमार्फत् भएको आम्दानी सिधै बैंक खातामा

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल कार्यविधि बनाउने भएकाे छ । बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने तयारी गरेकाे हाे । जसअन्तर्गत अब युट्युवमार्फत् भएको आम्दानी सिधै नेपालका बैंक खातामा पठाउने मिल्ने व्यवस्था गरिने बताइएकाे छ। हालसम्म याे व्यवस्था  थिएन । गत माघ दोस्रो साता फेसबुक, ट्विटर, युट्युव जस्ता [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल कार्यविधि बनाउने भएकाे छ । बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने तयारी गरेकाे हाे । जसअन्तर्गत अब युट्युवमार्फत् भएको आम्दानी सिधै नेपालका बैंक खातामा पठाउने मिल्ने व्यवस्था गरिने बताइएकाे छ। हालसम्म याे व्यवस्था  थिएन ।

गत माघ दोस्रो साता फेसबुक, ट्विटर, युट्युव जस्ता समाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनलाई औपचारिक माध्यममा ल्याउनका लागि राष्ट्र बैंकले निर्देशन दिएको थियो । यसैलाई आधार बनाएर कार्यविधि बन्ने भएको हो । सामाजिक सञ्जालमा गरिने बुस्टमार्फत् अर्बौ रूपैयाँ बाहिरिने क्रम बढेसँगै भुक्तानी प्रणालीलाई व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले उक्त निर्देशन दिएको थियो ।

फेसबुक, ट्विटर, युट्युवले नेपालमा नेपाली कानूनअनुसार ट्रेडमार्क त दर्ता गराए पनि सम्पर्क कार्यालय भने खोलेका छैनन् । अबकाे कार्यविधिले यसकाे पनि  नियमन गर्नेछ । नेपालबाट सामाजिक सञ्जाल तथा इन्टरनेटमा गरिने कारोबारलाई औपचारिकता दिन व्यवहारीक कठिनाइ भएको कारण यसको कार्यान्यवनमा केही ढिलाइ हुदै आएको बैंकले जनाएकाे छ ।

एजेन्ट कम्पनीबाट नेपालीले सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत् गरिने विज्ञापनको भुक्तानी गर्न सक्ने नयाँ ब्यावस्था हुन लागेको हो ।

Share News