
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले प्रदेश-५ अन्तर्गत तीन वटा जिल्लामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले दाङ्ग, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा विशेष सुहलियत सहित छुट पाउने गरी सम्झौताहरुमा हस्ताक्षर भएको छ ।
सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले विशेष छुट पाउने छन् ।
छुट प्राप्त गर्न सकिने स्थानहरु:

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।