नेपाल इन्भेस्टमेन्ट बैंकको १७औं एक्सटेन्सन काउन्टर भक्तपुरमा

<p>काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायणमा १७औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त बैंकको नयाँ एक्सटेन्सन काउन्टर वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको हो । नयाँ खुलेको दुवाकोटास्थित उक्त काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ । यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायणमा १७औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

उक्त बैंकको नयाँ एक्सटेन्सन काउन्टर वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको हो ।

नयाँ खुलेको दुवाकोटास्थित उक्त काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ । यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ ।

एनआईबीएलले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News