महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखामा जडान गर्यो पीफोर एलईडी सूचना बोर्ड

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोर एलईडी सूचना बोर्ड जडान गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार उक्त कार्य गरेको हो । उक्त उपकरण एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका हुन् [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोर एलईडी सूचना बोर्ड जडान गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार उक्त कार्य गरेको हो ।

उक्त उपकरण एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

विकास बैंकले हाल १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।

Share News