प्राइम र कैलाश विकास बैंकबीच एकीकृत कारोबार शुरु

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती(एक्विजिशन) गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्ती पश्चात प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गते(आज) बाट एकिकृत कारोबार शुरु भएकाे हाे । उक्त कारोबारको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले गरेका हुन् । प्राप्ती पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि हुने छ [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती(एक्विजिशन) गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्ती पश्चात प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गते(आज) बाट एकिकृत कारोबार शुरु भएकाे हाे ।

उक्त कारोबारको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले गरेका हुन् ।

प्राप्ती पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि हुने छ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीलाई प्राथमिकतामा राखेको प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बताएका छन् ।

प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप करिब १३० अर्ब तथा कर्जा लगानी ११४ अर्ब रुपैयाँ पुगेको छ ।

यस पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या २०० पुगेको छ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३२, न्यूप्लाजामा रहेको छ ।

कार्यक्रममा दुबै बैंकका संचालक, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Share News