सेञ्चुरी बैंकको १२ घण्टा एटीएम नचल्ने, यस्तो छ कारण

<p>काठमाडौं । सेञ्चुरी बैंकको शुक्रबार(आज) बेलुकादेखि १२ घण्टा एटीएम नचल्ने भएको छ । बैंकको केन्द्रिय बैंकिङ्ग प्रणाली(सीबीएस) सर्भरको स्तरोन्नति गर्ने काम भइरहेकाले उक्त सेवा बन्द हुन लागेकाे हाे । बैंकको आज बेलुका ९ बजेदेखि भोलि शनिबार बिहान ९ बजेसम्म एटीएम लगायत सम्पूर्ण डिजिटल बैंकिङ्ग कारोबार बन्द हुने छ । उक्त सेवालाई नयाँ प्रविधिमा स्थान्तरण गर्नको [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी बैंकको शुक्रबार(आज) बेलुकादेखि १२ घण्टा एटीएम नचल्ने भएको छ । बैंकको केन्द्रिय बैंकिङ्ग प्रणाली(सीबीएस) सर्भरको स्तरोन्नति गर्ने काम भइरहेकाले उक्त सेवा बन्द हुन लागेकाे हाे ।

बैंकको आज बेलुका ९ बजेदेखि भोलि शनिबार बिहान ९ बजेसम्म एटीएम लगायत सम्पूर्ण डिजिटल बैंकिङ्ग कारोबार बन्द हुने छ । उक्त सेवालाई नयाँ प्रविधिमा स्थान्तरण गर्नको लागि सो अवधिसम्म सेवा सुविधा बन्द गर्न लागिएकाे बैंकले जनाएकाे छ ।

Share News