काठमाडौं। नेपाल राष्ट्र बैंकले घर निर्माणका लागि लिने ऋणमा सहज नीति लिएको छ । सोमबार सार्वजनिक गरेको अर्धवार्षिक नीतिमा बैंकले घर निर्माणका लागि लिने ऋणमा सहज नीति अपनाएको हो ।
यो नीति सँगै अब सामान्य तथा मध्य वर्गका परिवारले पनि सहजै घर खरिद तथा निर्माण गर्न सक्ने छन् । पहिलो घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्याइएको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
पहिले विभिन्न व्यवसायका लागि लिइने कर्जामा कडाई गरेको थियो । अब त्यसलाई राष्ट्र बैंकले खुकुलो पारेको छ । अब ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन तथा साना तथा मझौला पेशा ब्यवसायका लागि दाखिल कागजातका आधारमा कर्जा दिन तथा नवीकरण गर्न सकिने ब्यवस्था बनाइएको छ । यससँगै २ करोडभन्दा तल ऋणमा कडाइ नहुने भएको छ।
नियमअनुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरुलाई सरकारले प्रोत्साहन गरेको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट अनुमति प्राप्ति आयोजनाका लागि प्रदान गरिने कर्जाको ऋण मुल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत र सो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरिएको छ।
पूर्णपाठ:
[pdf id=198858]