मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि, निक्षेप रकम ८४ अर्ब माथि

<p>काठमाडौं । मेगा बैंक नेपालको खुद नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । २०७६ पुस मसान्तमा अघिल्लो वर्षको [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपालको खुद नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

२०७६ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

Share News