सिटिजन्स बैंकले साढे दुई अर्बको ऋणपत्र जारी गर्ने, पायाे बाेर्डकाे अनुमति

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो । कम्पनीले ‘सिटिजन्स बैंक ऋणपत्र २०८६’ नामको सो मात्राको ऋणपत्र निष्काशन गत माघ २१ गते नै बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले १०.२५ प्रतिशत व्याजदरमा [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।

कम्पनीले ‘सिटिजन्स बैंक ऋणपत्र २०८६’ नामको सो मात्राको ऋणपत्र निष्काशन गत माघ २१ गते नै बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले १०.२५ प्रतिशत व्याजदरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्ने छ ।

सोमध्ये बैंकले व्यक्तिगत तवरबाट १५ लाख कित्ता र सर्वसाधारण तवरबाट १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Share News