सनराइज बैंकका ग्राहकलाई भ्याली एक्स्प्रेस रेस्टुरेन्टमा १० प्रतिशत छुट

<p>काठमाडौं । सनराइज बैंकका ग्राहकले भ्याली एक्स्प्रेस(भीएफसी) रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले उक्त रेस्टुरेन्टसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुट योजना ल्याएको हो । यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल(पीओएस) टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्ट [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकका ग्राहकले भ्याली एक्स्प्रेस(भीएफसी) रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले उक्त रेस्टुरेन्टसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुट योजना ल्याएको हो ।

यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल(पीओएस) टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्ट मार्फत भीएफसी रेस्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट पाउने छन् ।

योजना अनुसार सनराइज बैंकका ग्राहकहरुले माघ २ गतेदेखी दुई महिनासम्म भीएफसीका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० प्रतिशत नगद छुट पाउने बैंकले जनाएको छ ।

१५२ एटिएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । बैंकले होटल, रेष्टुरेन्ट, एयरलाइन्स जस्ता विभिन्न क्षेत्रमा गरिने कार्ड/क्यूआर पेमेन्टमा छुटको व्यवस्था गरी ग्राहकहरुलाई लाभान्वित गराउँदै आएको छ ।

Share News