काठमाडौं । नेपाल सरकारले एकैदिन ४२ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । उक्त रकम पुस मसान्त अर्थात एकैदिनमा उठेको हो ।
चालु आर्थिक वर्षको पुुस मसान्तसम्मा सरकारले ४ खर्ब ३३ अर्ब १५ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ३८.९५ प्रतिशत बढी हो । चालु आर्थिक वर्षमा सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको छ ।
गत ६ महिनामा सरकारले कर राजस्व ३ खर्ब ९१ अर्ब र गैह्रकर राजस्व ४१ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, अन्य मार्फत २६ अर्ब ४८ करोड रुपैयाँ उठाएको छ ।
उक्त रकम उठाउँदा सरकाले ७ अर्ब ६१ करोड रुपैयाँ खर्च गरेको छ । पुस मसान्तसम्ममा सरकारले कूल खर्च ३ खर्ब ९५ अर्ब ६७ करोड ७८ लाख रुपैयाँ खर्च गरिसकेको छ । जुन लक्ष्यभन्दा २५.८१ प्रतिशत बढी हो । सरकारले चालु आवमा ११ खर्ब १२ अर्ब राजश्व उठाउन १५ खर्ब ३२ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।
कूल खर्चमध्ये सरकारले ३ खर्ब ९ अर्ब चालु खर्च, ५८ अर्ब ३९ करोड चुक्ता पुँजीगत खर्च २७ अर्ब ६९ करोड रुपैयाँ वित्तीय खर्च गरेको छ । त्यस्तै, सरकारले प्रत्यक्ष भुक्तानीमा ५ अर्ब २१ करोड ९५ लाख रुपैयाँ र कमोडिटी ग्रान्टमा १७ लाख रुपैयाँ खर्च गरेको छ ।