काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूद्वारा आज सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारीहरूलाई अनुगमन गरेका छन् । अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ ।
सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागी सवारी चालकको महत्वपूर्ण भूमिका रहने भएकोले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुहरु प्रति सेवाभावका साथ आफुलाई बदल्न समेत यस अभियानले महत्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ ।
सवारी दुर्घटना न्युनीकरण र सहज ट्राफिक व्यवस्थापनका लागि चालकहरु व्यवसायिक, अनुशासित र दक्षताका साथ आफुलाई उदाहरणीय बनाउदै चालकहरु प्रतिको विश्वासमा वृद्धि गर्न समेत चालकहरुलाई अनुरोध गरिएको छ ।
महाशाखाका प्रमुख ढकालद्वारा यहि पौष १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसंग सम्बन्धित विभिन्न कम्पनीरप्रा।लि। का प्रतिनिधिहरुको उपस्थितिमा पौष २० गते यस महाशाखामा व्यापक छलफल गरिएको थियो ।
उक्त छलफलबाट १९ वुँदे प्रतिबद्वता निर्णय भएको र उक्त निर्णयहरु कार्यान्वयन गर्न आजबाट अनुगमन शुरु गरिएको हो । उक्त १९ बुँदे कार्यान्वयन भए नभएको अनुगमनको लागि महानगररीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा अनुगमन समितिका संयोजक प्र.उ. राजकुमार बैदवार उस्थित थिए ।
साथै, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, जिल्ला संयोजक अरुण श्रेष्ठ, सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं. प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।