काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जले वन सहायक अधिकृत आनन्दप्रसाद शाहलाई पक्राउ गरेको छ । उनलाई सोमबार बबई सव डिभिजन कार्यालय बारबर्दियाबाट पक्राउ गरिएको हो ।
सहायक वन अधिकृत शाहले काठको लगत मिलाइदिने भन्दै सेवाग्राहीबाट १० हजार रकम लिएका थिए । उनलाई आवश्यक कारबाहीका लागि नेपालगञ्जको कार्यालयमा लगिएको छ ।