नापी कार्यालय पर्साका सर्भेक्षक पासवान घुस रकमसहित रंगेहात पक्राउ

<p>काठमाडौं । नापी कार्यालय पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवान पक्राउ परेका छन्। जग्गाधनी प्रमाण पूर्जा बनाइदिने भनी बहाना गरी सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार रंगेहात पक्राउ गरेको हो। उनलाई ७५ हजार घुस लिँदै गर्दा पासवानलाई २ नम्बर नापी टोलीको कार्यालय पर्साबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। धनी पूर्जा बनाइदिँदा [&hellip;]</p>

काठमाडौं । नापी कार्यालय पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवान पक्राउ परेका छन्। जग्गाधनी प्रमाण पूर्जा बनाइदिने भनी बहाना गरी सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार रंगेहात पक्राउ गरेको हो।

उनलाई ७५ हजार घुस लिँदै गर्दा पासवानलाई २ नम्बर नापी टोलीको कार्यालय पर्साबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

धनी पूर्जा बनाइदिँदा पटक(पटक घुस लिने गरेको गुनासोपछि अख्तियारको टोलीले उनको निगरानी गरिरहेको थियो।

Share News