काठमाडौं । यातायात व्यवस्था विभागले चप्पल लगाएर गाडी चलाउन नपाइने नियम ल्याएको छ । सवारी चालकले चप्पल लगाएर सार्वजनिक सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै विभागले यस्तो नियम ल्याएको हो ।
चप्पल लगाएर गाडी चलाउँदा ब्रेक लगाउने बेलामा चप्पल चिप्लने गरेका कारण पनि दुर्घटना बढेको भन्दै विभागले नयाँ नियम ल्याएको हो । विभागले सवै यातायात कार्यालयहरुलाई परिपत्र गर्दै चप्पल लगाएर गाडी चलाउन नपाइने नियम लागू गर्न निर्देशन दिएको छ ।
पछिल्लो समयम नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसतमा ६ जनाले ज्यान गुमाउने गरेका छन । सडक दुर्घटनाको मुख्य कारण मापदण्ड विपरितका कच्ची सडक भएको भनाई आइरहेको बेलामा यातायात विभागले भने यसको दोष चालकको चप्पलाई दिएको छ ।
केही वर्ष अगाडिसम्म ब्रेक फेल भएर दुर्घटना भएको भन्ने तर्क सरकारी अधिकारीहरु गर्ने गर्थे । तर, पछिल्लो समय ब्रेक फेल भएर गाडी दुर्घटना भएको तर्क गर्नेहरु कम हुँदै गएका छन् ।