काठमाडाैं । नेपाल जेसीजकाे नयाँ नेतृत्व २०२० ले पदभार समालेकाे छ । मंगलबार नेपाल जेसीजले सन २०१९ को कार्यकारिणी समितिको बिधाई तथा सन २०२० का लागि निर्वाचित नयाँ कार्य समितिलाई स्वागत गरेको छ ।
नेपाल जेसीजका नवनिर्वाचित अध्यक्ष अशोक शंकरको सभापतित्वमा भएको सो कार्यक्रम साझा पार्टीका संयोजक रबिन्द्र मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा संयोजक मिश्रले देशको कुल जनसंख्याको कुल दुई तिहाई हिस्सा ४० बर्ष भन्दा कम उमेर समूहकाे रहेको बताउँदै गर्दै नेपाल जेसीजले ४० वर्षभन्दा कम समूहका मानिसकाे नेतृत्व विकास लगायतका क्षमता विकासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
पुसकाे दाेस्राे साता चितवनमा सम्पन्न नेपाल जेसीजको ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका थिए । युवा अवस्थामा नै सफल उद्यमीकाे छवि बनाएका शंकरले जेसीजकाे भूमिका वृद्धि र सञ्जाल विस्तारमा सशक्त रूपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले युवाहरूकाे क्षमता विकासमा जेसीजले थप काम गर्ने संकल्प गरेका छन् ।
कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित भएका छन्। कार्यसमितिका अन्य १२ जना उपाध्यक्षहरुमा रमा प्याकुरेल ,राम बहादुर बोगटी ,राकेश गुरुङ ,कन्चन झा,धिरज शाही ,मंजु शाह ठकुरी ,शिव प्रसाद भुसाल ,बिशाल थापा ,गणेश बा साउद ,अनवर हुसैन ,कृष्ण सापकोटा तथा गोविन्द पंगेनी बिजयी भएका छन् ।
महासचिवमा टेकराज रेग्मी र कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत भएका छन्। नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा रहेका छन् ।