ज्योति विकास बैंकले एकैदिन उद्घाटन गर्यो तीन नयाँ शाखा, काठमाडाैंमा दुई र ललितपुरमा एक

<p>काठमाडौं । ज्योति विकास बैंकले एकैदिनमा ३ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकले पुस १४ गते सोमबार मात्रै ललितपुर महानगरपालिकाको झम्सीखेल, नागार्जुन नगरपालिकाको सीतापाईला र काठमाडौं महानगरपालिकाको रातोपुलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो। ललितपुरको झम्सीखेल शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् । उद्घाटनमा बोल्दै चिरीबाबु महर्जनले बैंकिङ्ग क्षेत्र निकै [&hellip;]</p>

राताेपुल शाखाकाे उद्घाटन गर्दै संचालक समितिका सदस्य जगदीश्वरप्रसाद अधिकारी

काठमाडौं । ज्योति विकास बैंकले एकैदिनमा ३ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकले पुस १४ गते सोमबार मात्रै ललितपुर महानगरपालिकाको झम्सीखेल, नागार्जुन नगरपालिकाको सीतापाईला र काठमाडौं महानगरपालिकाको रातोपुलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो।

ललितपुरको झम्सीखेल शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् । उद्घाटनमा बोल्दै चिरीबाबु महर्जनले बैंकिङ्ग क्षेत्र निकै संवेदनशील रहेको र राष्ट्र बैंकको नियम र अनुशासनमा रहनुपर्ने व्यवस्थाकोबीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिएका छन् । साथै, उनले ज्योति विकास बैंकले पनि सोहि अनुरुपको अनुशासनमा रहि उत्कृष्ट सेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

झम्सीखेल शाखाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन

त्यसैगरी, सीतापाईला शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेतीले गरेका छन् भने रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वरप्रसाद अधिकारीले गरेका छन् । बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यकासाथ ज्योति विकास बैंकले ३ नयाँ शाखा संचालनमा ल्याएको हो।

उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले आवश्यक न्यूनतम चुक्ता पूँजीभन्दा बढी चुक्ता पूँजीसहित अत्यन्त सबल पूँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्था निर्माण गर्ने दिशामा अघि बढेकोले अन्य वित्तीय संस्थाहरुसँग विलय नभई आफै सशक्त रुपले अघि बढ्ने जानकारी दिएका छन् । साथै, व्यवासायिक नाफाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य गर्न ज्योति विकास बैंक तत्पर रहेको उनले बताए।

सीतापाईला शाखाको उद्घाटन गर्दै बैंकका पूर्वअध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेती

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्ट र तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै, यस आर्थिक वर्षभित्रनै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३१अर्ब रुपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्बभन्दा बढि लगानी गर्न सफल भएको कम्पनीले जनाएको छ ।

Share News