
काठमाडाैं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा १५ जनाविरुद्ध मुद्धा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध आइतबार सम्बन्धित जिल्ला अदालतहरुमा मुद्धा दायर गरेको छ । राजस्व चुहावट अभियोगमा सिराहा नगरपालिका वडा नं। ९१ स्थित गोमती गुट्खा उद्योगका सञ्चालक मोहन महतो समेत ३ जनाविरुद्ध मुद्धा दर्ता गरेको हो । उनीहरुलाई राजस्व चुहावट गरेको अभियोगमा ५१ करोड ९३ लाख विगो कायम गरी विगोको दोब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिईसिराहा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो ।
यस्तै झुट्टा तथा नक्कल विल प्रयोग गरी राजस्व छलि गर्ने जे।बि।सोलुशन प्रालिका संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्के समेत ५ जना विरूद्द पनि मुद्दा दायर भएको छ । उनीहरूले ३ करोड ७१ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा सो जति नै विगो कायम गरी ३ वर्षसम्म कैद माग दावी लिई मुद्धा दायर गरी ९ गते काठमाण्डौजिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
यस्तै सि आर ट्रेडिंगको फर्म प्रोप्राईटर रिंकी चौधरी साहको नाममा दर्ता गरी सर्लाही जिल्ला मलंगवा न।पा। ९४ भएका उक्त फर्ममा मुख्य कारोबार गर्ने दिनेस राय समेत ७ जनालाई मासु जन्य पदार्थ समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्धा दायर गरेको छ ।
उनीहरु विरुद्ध १ करोड ५ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मकी प्रोप्राईटर रिंकी चौधरी र उक्त र्फमको मुख्य कारोबारी दिनेश रायलाई६३ लाख पचासी हजार समेत विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति मुद्दा दायर गरिएको हो । यस्तै काठमाडौं जिल्ला नागार्जुन न।पा। ९१० स्थायी घर भएका दिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनीप्रालिका संचालक बासुदेब मरहठ्ठा समेत १० जनालाई फ्रेन्च फ्राइज समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३१ लाख ८९ हजार तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मका संचालकहरु ४ जनालाई द्दद्द लाख ३९ हजार विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको बताइएको छ ।