काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरस्थित सानेपामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिहीबार आयोजित उक्त सानेपा शाखाको उद्घाटन महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् ।
बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
यस बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४सय ५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।