सनराइज बैंकको १२९औं शाखा ताप्लेजुङको फुङलिङमा

<p>काठमाडौं । सनराइज बैंकले ताप्लेजुङस्थित फुङलिङमा १२९औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा क्षेत्रपटी प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै, डोरेन्द्र निरौलाले [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले ताप्लेजुङस्थित फुङलिङमा १२९औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा क्षेत्रपटी प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै, डोरेन्द्र निरौलाले कृषि क्षेत्रलाई बैंकले सधैँ प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई  प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा अझै बढी लगानी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।

Share News