काठमाडौं । एउटा वसले विद्यार्थीलाई ठक्कर दिँदा अर्को बसमा आगलागि भएको छ । पशुपति क्याम्पसमा अध्ययनरत एक विद्यार्थीलाई आज विहान कपन नजिकै एक बसले ठक्कर दिएको थियो । ती विद्यार्थी सामान्य घाइत रहेको र अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विद्यार्थीलाई ठक्कर दिन बस र चालक दुबैलाई प्रहरीले नियन्त्रण गरेको छ ।
तर उक्त उक्त घट्नापछि पशुपति क्याम्पसको आक्रोशित विद्यार्थीले चावहिलमा अर्को बसमा आगो लगाएका छन् । आगलागीबाट बसमा निकै क्षति भएको छ । विद्यार्थीले सबै यात्रुलाई ओरालेर आगो लगाएको र यस घट्नमा मानविय क्षति नभएको गौशला प्रहरी चौकीले जनाएको छ ।