नक्कली प्रमाणपत्रधारी डीएसपीको जागिर गयो

<p>काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएका डीएसपी विरुद्ध मद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण पत्र पेश गरि जागिर खाएका डिएसपी बाबुराम अधिकारी विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । अदालतमा मुद्धा दायर गरेसँगै डीएसपी अधिकारी निलम्बनमा परेका छन् । अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र [&hellip;]</p>

काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएका डीएसपी विरुद्ध मद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण पत्र पेश गरि जागिर खाएका डिएसपी बाबुराम अधिकारी विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । अदालतमा मुद्धा दायर गरेसँगै डीएसपी अधिकारी निलम्बनमा परेका छन् ।

अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्दा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट (आइ.कम) पास गरेको भनि पेश गरेको प्रमाणपत्र नक्कली देखिएको हो । अधिकारी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै मुद्धा दायर गरिएको हो ।

Share News