काठमाडौं । मंगलबार दुई कम्पनीको कूल एक करोड २४ लाख ८८ हजार १५८ कित्ता सेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा प्रभु बैंकको बोनस र प्रोगेसिभ फाइनान्सको हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।
प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
त्यस्तै, प्रोगेसिभ फाइनान्सको ५९ लाख एक हजार कित्ता हकप्रद सेयर मंगलमबार मात्रै नेप्सेमा थपिएको हो ।