![]()
काठमाडौँ । स्प्राईटको डबल डोज रिफ्रेसपनि रिचार्जपनि क्याम्पेनसमाप्त भएको छ । फेब्रुअरी १ गतेबाट शुरु भएको उक्त क्याम्पेनले मार्फत देशभरका ९.१४ लाखभन्दा बढी भाग्यशाली विजेताहरु रु १० देखि रु १० हजारसम्मको टक टाइम रिचार्ज जित्न सफल भएका छन् ।
त्यस्तै स्प्राईट डबल डोज रिफ्रेसपनि रिचार्जपनि अफर अन्तर्गत ६२ जना भाग्यशाली विजेताहरुले सामसुङ ग्यालेक्सी नोट ९ जित्न सफल भएका छन् ।
यो अफर कोका-कोला ब्राण्डका कोका-कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबि अर्थात शिशाको बोतलमा उपलब्ध रहेको थियो जसमार्फत उपभोक्ताहरुले दैनिक रु १० देखि रु १० हजारसम्मको टकटाइम रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ सम्म जित्न सफल भएका छन् ।
कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले, ‘हामी स्प्राईटको क्याम्पेनमा उपभोक्ताहरुको बढ्दो उत्साहपूर्ण सहभागिता देखेर निकै खुसी भएका छौ जसमा उपभोक्ताहरुले रिफ्रेस हुनुका साथै रिचार्जहरु पनि प्राप्त गरे ।’