गुठी संस्थानः रक्षक नै भक्षक, धमाधम नासिदै गुठीको जग्गा

<p>काठमाडौं। देशभर रहेका गुठी जग्गाको संरक्षण तथा उपयोगमा गुठी सँस्थानले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा देशभरका गुठी जग्गाहरु नासिँदै गएका छन् । गुठीका पदाधिकारीहरु र कर्मचारीहरुले भुमाफिया सँग अस्वाभाविक साँठगाठ बढाउदा गुठीका जग्गाहरु भुमाफियाको कव्जामा पर्ने क्रम बढेको हो । बिभिन्न आस्थासँग जोडिएका गुठी जग्गाको संरक्षण तथा उपयोगबाट समुदायमा सुसम्बन्ध कायम राख्ने उद्देश्यले गुठी संस्थान [&hellip;]</p>

काठमाडौं। देशभर रहेका गुठी जग्गाको संरक्षण तथा उपयोगमा गुठी सँस्थानले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा देशभरका गुठी जग्गाहरु नासिँदै गएका छन् । गुठीका पदाधिकारीहरु र कर्मचारीहरुले भुमाफिया सँग अस्वाभाविक साँठगाठ बढाउदा गुठीका जग्गाहरु भुमाफियाको कव्जामा पर्ने क्रम बढेको हो ।

बिभिन्न आस्थासँग जोडिएका गुठी जग्गाको संरक्षण तथा उपयोगबाट समुदायमा सुसम्बन्ध कायम राख्ने उद्देश्यले गुठी संस्थान स्थापना भएको भएपनि यसले पाएको जिम्मेवारी अनुसार भुमिका निर्वाह गर्न नसक्दा गृुठी जग्गाहरु नासिने र हडपिने क्रम बढेको हो ।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि जग्गा दुरुपयोग बढेपछि संस्थानको जिम्मेवारीमा बारम्बार प्रश्न उठाउदै आएको छ । गुठी संस्थान भद्रगोल बन्दै असफल हुन थालेपछि सँस्थानको जिम्मेवारीलाई चुस्त र व्यवस्थित बनाउन गुठीलाई प्राधिकरण मातहत लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि गुठीको भुमिका माथि विभिन्न प्रश्नहरु आएकाले यसको विकल्पको बारेमा छलफल शुरु गरिएको जानकारी दिए । उनले गुठीलाई प्राधिकरण मातहत ल्याउने गरि तयार पारिएको विधेयक संसदमा पुगेको जानकारी दिए ।

गुठी संस्थानले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा पछिल्लो समय सँस्थान बिभिन्न विवादमा मुछिदै आएको छ । वालुवाटार जग्गा प्रकरणमा सँस्थानको शंकासपद भुमिका रहेको थियो भने ,बृहत जनकपुर क्षेत्र संरक्षणमा देखिएको उदासिनता तथा निजि गुठीमा सँस्थानले आफ्नो शसक्त भुमिका देखाउन नसक्दा मन्दिरका महन्थ,पुजारी तथा मठाधिसले समेत आफुखुसी जग्गामा अतिक्रमण गरि व्यक्तिगत बनाँउदै गएको पाइएको छ ।

हाल गुठी सँस्थानसँग मातहतमा कति जग्गा छ भन्ने समेत स्पष्ट तथ्यांक छैन । नेपालको संविधान अनुसार गुठी जग्गालाई सरकारको अधीनबाट संस्थानको जिम्मा सुम्पी राजगुठीहरुलाई सुव्यवस्थित रुपले संचालन गराउन गुठी संस्थानको स्थापना भएको हो । तर संस्थान सो भुमिका निर्वाह गर्न असफल हुदै आएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

Share News