गुठी संस्थानको गलत निर्णयले ऐतिहासिक सम्पदा जोखिममा

<p>काठमाडौं । असनबजार स्थित घडी घर नामले परिचित (कोथुननी) लाई व्यापारिक कम्प्लेक्स बनाउन स्विकृति दिएको भन्दै विरोध भएको छ । ५ सय वर्ष पुरानो पुरातात्वीक महत्व बोकेको अशोक वृक्ष विहारको  अभिताभ बुद्ध भएको उक्त घर कम्प्लेक्स निर्माणका लागि गुठी संस्थानले स्विकृति दिएको भन्दै असनचोकमा विरोध सभा भएको हो । नेपालको वाणिज्य बजारको रुपमा चिनिने उक्त [&hellip;]</p>

काठमाडौं । असनबजार स्थित घडी घर नामले परिचित (कोथुननी) लाई व्यापारिक कम्प्लेक्स बनाउन स्विकृति दिएको भन्दै विरोध भएको छ । ५ सय वर्ष पुरानो पुरातात्वीक महत्व बोकेको अशोक वृक्ष विहारको  अभिताभ बुद्ध भएको उक्त घर कम्प्लेक्स निर्माणका लागि गुठी संस्थानले स्विकृति दिएको भन्दै असनचोकमा विरोध सभा भएको हो ।


नेपालको वाणिज्य बजारको रुपमा चिनिने उक्त क्षेत्र मात्र नभई यहाँ १४ परिवारको उठिवास लगाउने गरि गुठी संस्थाले गरेको उक्त निर्णयले विराेध गर्न बाध्य भएकाे असन कोथुननी बचाउ अभियान संयोजक नमस्ते सायमिले बताए । त्यस्तै नेवार समुदायको संस्कृति जगेर्ना गर्नका लागि स्थापित गुठी संस्थानले नै व्यापारिक कम्प्लेक्स बनाउने निर्णय प्रति विरोध जनाउँदै पूर्वमन्त्री हिसिला यमिले प्राचिन सम्पदाको संरक्षण गर्न ध्यान दिनु पर्ने बताईन् ।

उक्त सभामा बोल्दै सामाजिक अभियन्ता गणपतिलाल श्रेष्ठले ‘आफ्नो ऐतिहासिक सम्पदा, संस्कृति जगेर्ना गर्नका लागि सबै एकजुट भई लाग्नु पर्छ, सांस्कृति नै हाम्रो पूर्खाको धरोहरलाई जोगाउनु सबैको दायित्व हो’ भने । आफ्नो पूर्खा रहुनजेलसम्म प्रयोग गर्न पाउने उक्त जग्गा २०७४ साल भदौं महिनामा राजु गोरखालीसँग २५ वर्षे सम्झौताका लागि नक्सा पास गर्नका लागि गुठी संस्थानले स्विकृति दिएको थियो ।


नेवार समुदायको ऐतिहासिक सम्पदा, एवंम संस्कृति जोगाउका लागि निर्माण गरिएको गुठी संस्थाले उक्त स्थानमा भित्र बस्ने परिवारको मौलिक हक हन्न गरेको भन्दै हाल गुठी संस्थान भू माफियाको चंगुलमा फस्दै गरेको पूर्व अध्यक्ष पञ्चलाल महर्जनको भनाई रहेको छ ।

उक्त विरोध सभामा पूर्वमन्त्री  यमि, पूर्वमन्त्री तिर्थराम डंगोल, काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजि शाक्य, गुठी संस्थानका पूर्व अध्यक्ष पञ्चलाल महर्जन, प्रतिनिधि सभाका सांसद  रामविर मानन्धर, राजेश शाक्य, भिमसेनदास प्रधान, सामाजिक अभियन्ता गणपतिलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

Share News