
काठमाडौँ । कोकाकोलाले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपीसिसिसँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठूलो अभियानको सुरुवात गरेको छ ।
“क्लिनआवर प्राइड“ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाईराख्ने लक्ष्य लिएको छ ।
पर्यटन विभागका सामान्य निर्देशक डन्डुराज घिमिरेले भने, ’हामीले सगरमाथा सरसफाई अभियान सुरु गर्न खोजिरहेकै बेलामा कोकाकोला जस्तो कम्पनीबाट यस अभियानमा सामेल हुने उत्साहले हाम्रो लागि विषेश महत्व राख्दछ ।’
बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक प्रदीप पाण्डेले–‘हामी यस अभियानको एक हिस्सा बन्न पाएकोमा गर्वानूभूती र आभारी छौँ । साथै, हाम्रा साझेदारहरूसँग मिलेर नेपालको दिर्घकालीन बिकासका लागि वातावरणको निर्माणमा सधैं लागि पर्नेछौँ’ भने ।
यस अभियानको सहयोगी साझेदारहरुमा बोटलर्स नेपाल लिमिटेड, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयस पर्यटन विभाग, वनजंगल तथा वातावरण मन्त्रालय, वातावरण विभाग, प्रदेश नं १ को उद्योग, पर्यटन, वनजंगलतथावातावरण मन्त्रालयस नेपाली सेना, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुन्ज, बफर जोन व्यवस्थापन समिति, नेपाल पर्वतारोहण संघ, नेपालपर्यटन बोर्ड, सगरमाथा प्रदुषण नियन्त्रण संस्था, डब्लु. डब्लु. एफ् नेपाल, नेपाल भ्रमण बर्ष २०२०, नबिल बैंक, एनएमबी बैंक, प्रभु बैंक, तारा एयर र सोनमगियर छन् ।