३ नम्बर प्रदेशको प्रेस रजिष्टारमा पत्रकार रेवती सापकोटा नियुक्त

<p>हेटौँडा । ३ नम्बर प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार रेवती सापकोटा नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश मन्त्री परषदको बैठकले सापकोटालाई प्रेश रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तरगत रहने गरी प्रेस रजिष्ट्रार नियुक्त गरेको हो । सिन्धुपाल्चोक चौताराका स्थायी बासिन्दा रहेका [&hellip;]</p>


हेटौँडा । ३ नम्बर प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार रेवती सापकोटा नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश मन्त्री परषदको बैठकले सापकोटालाई प्रेश रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तरगत रहने गरी प्रेस रजिष्ट्रार नियुक्त गरेको हो ।

सिन्धुपाल्चोक चौताराका स्थायी बासिन्दा रहेका पत्रकार सापकोटा २० बर्षदेखि पत्रकारिता पेशामा आवद्ध रहेका छन् । स्नाकोत्तर तह अध्ययन गरेका सापकोटा विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका छन् ।

यता, बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रबद्र्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि–२०७५ स्वीकृत गरेको छ । मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यान्वयन सम्बन्धी कार्यबिधि–२०७५ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यसैबीच, गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीका कारण पीडित परिवारको आवास निर्माणका लागि २ नम्बर प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको छ । यस अघिको मन्त्रिपरिषद बैठकले हावाहुरी पिडितलाई एक करोड दिने निर्णय गरिसकेको थियो ।

बैठकबाट नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन सम्बन्धी प्रदेश स्तरिय कार्यबिधि पनि स्वीकृत गरेको ढुंगेलले जानकारी दिए । जलचर संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पनि प्रदेश सरकार मन्त्री परिषदको बैठकले स्वीकृत गरेको ढुंगेलले बताए ।

Share News