काठमाडौं । मंगलबारको तुलनामा बुधबार छापावला सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ६० हजार ३ सयमा कारोबार भएको सुन बुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँले बिक्री भईरहेको छ ।

त्यस्तै तेजावी सुन मंगलबारको तुलनामा प्रतितोलामा २ रुपैयाँ कमी भई ५९ हजार ८ सय रुपैयाँमा विक्री भईरहेको छ भने चाँदी तोलामा १० रुपैयाँ घटेर ७३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।