काठमाडौं । ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई १२.७ प्रतिशत बाेनस सेयर दिने भएको छ । बैंकको हालै सम्पन्न सञ्चालक समितिको १५९ औं बैंठकले सेयरधनीलाई सो मात्रा अर्थात ३१ करोड ९४ लाख रुपैयाँ बराबरको बाेनस दिने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिकाे उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाकाे आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । उक्त स्वीकृतिको लागि संस्थाले नेपाल राष्ट्र बैंकमा उक्त प्रस्ताव पेश गरिसकेको जानकारी गराएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको १२.७ प्रतिशत बाेनस दिन लागेको हो । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । १२.७ प्रतिशत बाेनसपछि संस्थाकाे चुक्ता पुँजी २ अर्ब ८३ कराेड रूपैयाँ नाघ्ने छ ।