सेन्ट्रल फाइनान्सले ७ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य बढ्यो

<p>काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्रा अर्थात ५ करोड ७६ लाख रुपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाले [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्रा अर्थात ५ करोड ७६ लाख रुपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश दिन लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ८४ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

संस्थाले नगद लाभांश घोषणा गरेपछि संस्थाको सेयर मूल्य बढेको छ । बिहीबार प्रतिकित्ता ११० रुपैयाँ रहेको फाइनान्सको सेयर मूल्य आइतबार बढेर ११७ रुपैयाँसम्म कारोबार भएको छ । अन्ततः आइतबार संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४ रुपैयाँले बढेर प्रतिकित्ता ११४ रुपैयाँ पुगेको छ ।

Share News