
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले साधारणसभा बोलाएको छ । टेलिकमको आइतबार बसेको सञ्चालक समितिको ८०३ औं बैठकको निर्णयअनुुसार कम्पनीले आफ्नो ११ औं साधारणसभा पुस ३० गते भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिउँसो ३ बजे बस्नेगरी तयारी गरेको टेलिकमले जनाएको छ ।
साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन र अघिल्लो आर्थिक वर्षको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै आगामी आवको लागि लेखापरीक्षक नियुक्त गर्नुबाहेक सञ्चालक समितिले तनेकेको प्रतिकित्ता ५५ रुपैंया बराबरको जगद लाभांश बाँड्ने प्रस्ताव पारित गर्ने भएको छ । उक्त प्रयोजनका लागि पुस १२ गतेदेखि साधारणसभाको दिनसम्म बुक क्लोज हुनेछ । जसअनुसार पुस ११ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।