काठमाडौँ । बारा जिल्लाको औद्योगिक नगरी सिमरामा दोश्रो व्यापार महोत्सवको भोली देखि शुरु हुने भएको छ । पौष ६ गते देखि १६ गते सम्म दोश्रो सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७५ शुरु हुने भएको छ । उक्त महोत्सबको उद्घाटन उप प्रधानमन्त्री तथा रक्षा मन्त्रि ईश्वर पोखरेलले गर्ने भएका छन् ।
सिमरा फाउण्डेसनको मुख्य आयोजनामा हुन लागेको उक्त औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७५ मा सह आयोजकहरुमाऔधोगिक शान्ति नेपाल सस्था र नब दुर्गा युवा क्लब सिमरा बारा, हाम्रो समान क्याम्प, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, सामुदायिक विकासशील क्लब सिमरा बारा, भेट्रान्स क्लब सिमराको संयुक्त आयोजनामा हुन लागेको हो ।
सिमरा क्षेत्र आफैँमा एक व्यापारिक पर्यटन तथा धार्मिक सस्कृतिको बिबिधताले भरिएको प्रमुख औधोगिक शहर भएकोले यस क्षेत्रको समग्र हितलाई मध्यनजर राखेर दोश्रो सिमरा औधोगिक ब्यापार तथा महोत्सब २०७५ गर्न लागिएको कुरा महोत्सबका संयोजक आरिफ खान बताउछन । यस महोत्सवले सम्पुर्ण बारा, बिरगंज देखि हेटौडासम्मका स्थानियबासिहरुलाई सर्ब सुलभ तरिकाले सम्पुर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिन लागेको मेलाले समग्र सिमराबासीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुर्याउने भएको छ ।
मेलामा २ सय भन्दा बेढी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने भएको छ । साथै हरेक समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटसम्मको छुट रहेको आयोजकले बताएको छ ।
उक्त मेलामा पशुपति मन्दिरको गेट, सगरमाथा, धरहरा, हात्ती गैडा, माछाको पोखरी, मायादेबीको मन्दिर समेत राखिएको कुरा औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराएका छन् । उक्त महोत्सबमा करिब ३ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ५ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरञ्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताएका छन् ।