मेलम्ची आयोजनाको गाडी दुरुपयोग गरेपछि खानेपानी मन्त्रालय हस्तक्षेप, गाडी आयोजनामै फर्काइने

<p>मेलम्ची खानेपानी आोजनाको नाममा खरिद गरिएको महँगा सवारी साधनहरु विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्मले दुरुपयोग समाचार सार्वजनिक भएपछि खानेपानी मन्त्रालय सवारी फिर्ता गराउन हस्तक्षेप गरेकाे छ । मन्त्रालयले सोमबार विज्ञप्ती जारी गरी मन्त्रालयले प्रयोग गरेको भनिएका गाडी फर्काउने तयारी थालेको जानकारी दिएको छ । मेलम्चीको नाममा रहेको दुई गाडी प्रधानमन्त्री कार्यालयमा, एउटा गाडी एउटा, काठमाडौं उपत्यका [&hellip;]</p>

मेलम्ची खानेपानी आोजनाको नाममा खरिद गरिएको महँगा सवारी साधनहरु विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्मले दुरुपयोग समाचार सार्वजनिक भएपछि खानेपानी मन्त्रालय सवारी फिर्ता गराउन हस्तक्षेप गरेकाे छ ।

मन्त्रालयले सोमबार विज्ञप्ती जारी गरी मन्त्रालयले प्रयोग गरेको भनिएका गाडी फर्काउने तयारी थालेको जानकारी दिएको छ । मेलम्चीको नाममा रहेको दुई गाडी प्रधानमन्त्री कार्यालयमा, एउटा गाडी एउटा, काठमाडौं उपत्यका विकास प्राधिकरणले एउटा, सहरी विकास मन्त्रालयमा एउटा र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा एउटा गाडी प्रयोग भइरहेको समाचार बाहिर आएको थियो ।

ती सबै गाडीहरु आयोजनामै फिर्ता पठाउन मन्त्रालय अघि बढेको हो । खानेपानीमन्त्री विना मगरको ध्यानाकर्षणपछि मन्त्रालय अघि बढेको विज्ञप्तीमा उल्लेख छ ।

Share News