आइएमईका ग्राहकले स्टार अस्पतालमा १५ प्रतिशत छुट पाउने

<p>काठमाडौं । आइएमई लिमिटेडका ग्राहकले ललितपुरको स्टार अस्पतालमा सेवा शुल्कमा १५ प्रतिशत छुट पाउने पाउने भएका छन् । हालै दुई संस्थाबीच सो मात्राको छुट दिने स्वास्थ्य सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशतसम्म विशेष छुट पाउनेछन् । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु [&hellip;]</p>

काठमाडौं । आइएमई लिमिटेडका ग्राहकले ललितपुरको स्टार अस्पतालमा सेवा शुल्कमा १५ प्रतिशत छुट पाउने पाउने भएका छन् । हालै दुई संस्थाबीच सो मात्राको छुट दिने स्वास्थ्य सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशतसम्म विशेष छुट पाउनेछन् । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।

यो सेवा लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमईका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको तर्फबाट प्रमुख संचालन अधिकृत डा. सन्देश जी.सीले हस्ताक्षर गरेका छन् । यो सम्झौता सम्झौतापत्रमा हस्ताक्षर भएको मितिले एक (१) वर्षसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।

 

Share News